बारा – बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।
अध्यक्ष यादवले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरे । मंगलवार राति सकिएको मतगणनाअनुसार यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मतसहित तेस्रो भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७३८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।
यसअघि बारा – २ का प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar