धादिङ – धादिङको गजुरी गाँउपालिका वडा नं. ५ घाटवेशी स्थीत् त्रिसुली बगरमा नदीजन्य पदार्थहरुको अवैध उत्खनन् बढेको भन्दै त्यसलाई संरक्षण गर्न माग गरेको छ ।
मंगलवार नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ धादिङले गजुरी गाँउपालिका कार्यलयमा घाटवेशी स्थीत् त्रिसुली बगरमा स्थानिय तह र प्रशासनसंगको मिलेमतोमा अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन् बढेको भन्र्दै त्यस्ता कार्य रोक्न माग गर्दै ज्ञापनपत्र पेश गरेको हो । गाँउपालिका कार्यलयमा प्रमुख प्रशासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाँउदै युवा संघ धादिङका सहसचिव सन्दीप बस्नेतले यथासिघ्र उक्त कार्य रोक्न आग्रह गरे ।
त्यस्तै बस्नेतले उक्त बगरमा हुनेगरेको उत्खनन् तत्काल रोकी त्यस स्थानमा खेलमैदान निर्माण गर्नपनि प्रमुख प्रशासकिय अधिकृत सामु आग्रह गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar