काठमाडौं – आज शेयर बजार आज बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ । आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar