काठमाडौ – प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालालाई वार्षिक शूल्कमा आजीवन १ सय प्रतिशत सम्मको छुटको अफर ल्याएको छ ।
‘नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार’ भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म संचालनमा आउने पनि उल्लेख छ । यो अवधि भित्र डिम्याट खाता खोल्ने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन वार्षिक शूल्कमा १ सय प्रतिशत छुट पाउन सक्नेछन ।
ग्राहकले ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ३ लाख ग्राहकले क्यास,े शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्ने पनि उल्लेख छ । क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई-मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar