एजेन्सी – भारतीय फिल्म निर्माता विक्रम भट्ट र उनकी छोरी कृष्ण भट्टविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
उत्कृष्ट फिल्मका लागि चिनिने विक्रम यो समयमा विवादमा परेका छन् । हालै सेरा सेरा प्रोडक्सनले विक्रम र उनकी छोरीलाई १ करोड ४० लाख भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएको हो ।
सेरा सेरा प्रोडक्सनले बावुछोरीविरुद्ध उजुरी अम्बोली प्रहरीले दर्ता गरेको छ । महानगरीय मजिस्ट्रेट अदालतको निर्देशनमा अम्बोली प्रहरीले सो उजुरी दर्ता गरेको हो ।
उजुरीका अनुसार मार्च २०२२ मा सेरा सेरा बक्स अफिस प्रोडक्सन र विक्रमबीच सम्झौता भएको थियो । यो सम्झौता अनुसार प्राप्त गरेको नाफा दुवैले आपसमा बाँडफाँड गर्नुपर्ने थियो । तर, विक्रम र उनको छोरीले नाफा नदिएको सेरा सेरा बक्स अफिस प्रोडक्सनले दाबी गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यो उजुरी केही साता अगाडी दर्ता गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar