नयाँ दिल्ली – रूसका उद्योग तथा व्यापार मन्त्री समेत रहेका रूसका उपप्रधानमन्त्री डेनिस मान्टुरोभ दुई देशबीचको व्यापार सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले सञ्चालित अन्तर सरकारी रूसी – भारतीय आयोगको सह – अध्यक्षता गर्न सोमबार नयाँ दिल्ली आइपुगेका छन् ।
भारतस्थित रूसी दूतावासले ट्वीटरमा लेखेको छ, “डेनिस मान्टुरोभ कामको सिलसिलामा भारत आएका छन् । अप्रिल १७ मा, रूसी महासङ्घका उपप्रधानमन्त्री तथा उद्योग र व्यापार मन्त्री डेनिस मान्टुरोभ भारत गणराज्य, नयाँ दिल्लीको दुई दिवसीय कामकाजी भ्रमणमा आएका हुन् । आफ्नो भ्रमणको पहिलो दिन, मान्टुरोभले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहयोग (आईआरआईजीसी – टीईसी) मा २४ औं भारत – रूस अन्तर – सरकारी आयोगको सह – अध्यक्षता गर्नेछन् । यसले आर्थिक र व्यापार सहयोग, आधुनिकीकरण र औद्योगिक सहयोग, ऊर्जा, पर्यटन र संस्कृति, विज्ञान र प्रविधि र सूचना प्रविधिमा छ वटा कार्य समूहलाई एकीकृत गर्दछ ।
अन्तरसरकारी आयोग (आईजीसी) को पूर्ण बैठक मङ्गलबार बस्ने छ, त्यसपछि सहअध्यक्षहरूले २४ औं आईजीसी बैठकको अन्तिम प्रोटोकलमा हस्ताक्षर गर्नेछन् । दुवै पक्षले द्विपक्षीय व्यापार, आर्थिक तथा मानवीय सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।भारतीय तथ्याङ्कअनुसार अप्रिल २०२० देखि मार्च २०२१ को अवधिमा द्विपक्षीय व्यापार ८.१ अर्ब अमेरिकी डलर रहेको छ । भारतबाट २ अर्ब ६० करोड अमेरिकी डलर को निर्यात भएको छ भने रूसबाट ५ अर्ब ४८ करोड अमेरिकी डलर को आयात भएको छ ।
सोही अवधिमा द्विपक्षीय व्यापार नौ अर्ब ३१ करोड अमेरिकी डलर रहेको छ भने भारतीय निर्यात तीन अर्ब ४८ करोड अमेरिकी डलर र आयात पाँच अर्ब ८३ करोड अमेरिकी डलर रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar