काठमाडौं – नेपाल बैंकले धितोमा राखिएको घरजग्गा र सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ ।
बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको तुसीपुर शाखाबाट झरना केसी, जावलाखेल शाखाबाट मनिषा कठायत, हिरा बहादुर खाँण र दिपक कुमार घिमिरे, भण्डारा शाखाबाट सविना तामाङ र कविता मगर, म्याग्दी बेनी शाखाबाट मिलन सुवेदी, लाल कुमारी मल्ल र सुरेन्द्र गिरीले लिएर चुक्ता नगरेपछि धितोमा राखिएको सुनचाँदी लिलामी गर्ने भएको हो ।
बैंकले पटक – पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
बैंकको शाखा कार्यालय श्रीपुर, माईस्थान र जनकपुरबाट कर्जा लिएका ऋणीको घरजग्गा लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकको श्रीपुर शाखाबाट अनुज टेन्ट हाउस र गोपी कृष्ण पशुपालन फर्मका सञ्चालक प्रदिप कुमार साहका जमानीकर्ता प्रगास सा कानुको नाममा कायम रहेको जग्गा बिक्री गर्ने भएको छ । मालपोत कार्यालय पर्सामा दर्ता साविक पोखरीया ३ स्थित कित्ता नम्बर १७९ को २९६.५० वर्गमिटर र साविक वसन्तपुर ७ स्थित कित्ता नम्बर ६८ को ० – ० – ५ विघा क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो ।
यस्तै, माईस्थान शाखाबाट ऋणी विष्णु किराना पसल तथा कोल्ड स्टोरका सञ्चालक विनेश साह कानुको जमानीकर्ता बच्चन देवी साह कानुको नाममा पर्साको साविक श्रीसीया ८ स्थित कित्ता नम्बर १५० र १५२ को क्रमशः ०,०३७२.४६ र ०,०५०७.९० वर्गमिटर जग्गा लिलामी गर्ने भएको हो ।
यस्तै, जनकपुर शाखाबाट सुमित इन्टरप्राइजेजका सञ्चालक विनोद यादवको नाममा रहेको मालपोत कार्यालय धुनषामा दर्ता कायम साविक जनकपुर ७ स्थित कित्ता नम्बर १९१ को ० – ० – १० – २.२५ विघा क्षेत्रफल भएको जग्गा लिलामीमा राखेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar