धादिङ – प्रतिनिधीसभा सदस्य तथा पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङका विभिन्न स्थानहरुमा मोवाईल नेटवर्कहरुमा समस्या आएको भन्दै समस्या समाधानका लागी सञ्चारमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
मंगलवार सिंहदरवार स्थीत् सुचना तथा सञ्चार मन्त्रालयमा पुगी मोवाईल नेटवर्कहरुमा आएको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । गत लामो समयदेखी धादिङको सिद्धलेक ४, बेनिघाट रोराङ गाँउपालिका १ र धुनिवेशी नगरपालिका वडा नं. ७ का बिभिन्न स्थानहरुमा मोवाईलको नेटवर्कमा समस्या देखाउने, कतिपय ठाँउमा नेटवर्क नै नटिप्ने र टिपेपनि मोवाईलमा स्पष्ट आवाज नआउने गरेको भन्दै स्थानियहरुले गुनाशो गरेका थिए ।
सोहि गुनाशोलाई मध्येनजर गर्दै पाण्डेले सुचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई मन्त्रालयमा भेटी तुरुन्त समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar