काठमाडौ – हिमालयन बैंक लिमिटेडले दुर्घटना मृत्यु बीमाको सीमा रकम ५ लाख रुपैया बाट बृद्धि गरी १० लाख रुपैया सम्म पु¥याइएको छ ।
स्थापना कालदेखि नै आफ्ना ग्राहकवर्गको सुबिधाका लागि सम – सामयिक विभिन्न प्रकारका वचत तथा नयाँ प्रविधियुक्त अन्य सेवा – सुबिधाहरु प्रदान गर्ने उद्देश्य अनुरुपम सो रकम बृद्धि गरेको हो । सोही क्रममा बैंकको विभिन्न वचत खाता मध्ये नारी वचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको नारी वचत खाता नारीको सम्मान स्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ ।
विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ । १० लाख सम्मको दुर्घटना मृत्यु बीमा बाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar