धादिङ – पृथ्वी हामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित बायुमण्डलले घेरेको छ । बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वनडाई अक्साईडले ०.०३ प्रतिशत तथा बाँकीअरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप विकिरण बायुमण्डलमा रहेका हरित गृह ग्याँसहरुको अवरोधको कारण फर्किन पाउँदैनन् र पृथ्वीको सतह, बायुमण्डल र समुद्रको सतह तताउँछन् । कार्वन डाईअक्साईड त्यसमध्ये एउटा महत्वपूर्ण ग्याँस हो, जसको अर्को नामतातो हावा पनि हो । मानविय गतिविधिले विशेष गरी औद्योगिक क्रान्तिपछि उत्सर्जन भएका हरित गृह ग्याँसहरुको मात्रा बायुमण्डलमा अत्यधिक मात्रामा बढ्न गएकोले पृथ्वीको सबै भागहरुको तापमान हानीकारक हुनेगरी बढिरहेको छ ।
बायु प्रदुषण, जल प्रदुषण र फोहर प्रदुषण लगायतका हानिकारक मानविय गतिविधिको कारण विश्व तापमान बृद्धिमा झनै बल पुगेको छ । उदाहरणको लागि प्लाष्टिक डढाउने, वन डढेलो, वनविनाश, वन अतिक्रमण, खोरिया फँडानी, अवैधानिक वन कटान जस्ता मानविय गतिविधिहरुले वातावरण प्रदुषण बढ्न जाँदा जलवायु परिवर्तन तिब्र हुनपुगेको छ । जलवायुको गुणहरुमा परिवर्तन हुन जाँदा तापक्रम र वर्षको मात्रा, तालिका र तिब्रतामा फेरबदलआएको हामी सबैले महशुस गरेकै छौँ । यसबाट हाम्रो जीवनको आधार वन र जैविक विविधता, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, पर्यटन, वसोवास लगायत जिविको पार्जन सँग सम्वन्धित क्षेत्रहरुमा प्रत्यक्ष असर महशुस गरिएको छ । यसको कारण हरेक वर्ष बाढी, पहिरो, हावाहुरी तथावन डढेलो जस्ता जलवायु जन्य प्रकोपका कारण ठूलो मात्रामा जन धनको क्षतिभई नै रहेको छ ।
यसैले वातावरण प्रदुषण कमगर्न र जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्न निम्न कुराहरुलाई ध्यानदिई व्यवहारमा कार्यान्वयन गर्नु गराउनु हुन समस्त सर्वसाधारण र सरोकारवाला जनसमुदायहरु सँग हार्दिक अपिल गर्दछौँ ।
अपिल
थप जानकारीको लागि
सम्पर्कः ०१०–५२०१२५ ; ९८५१३१६८२५
ईमेलः [email protected]
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar