काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)लाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका छन् ।
आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका एकीकृत समाजवादीका शीर्ष नेताहरूसँगको कुराकानीमा आफूलाई सहयोग गर्ने दलहरू धेरै भएको र उनीहरूको पनि चित्त बुझाउनुपर्ने भएकाले समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन आग्रह गरेका हुन् । तर प्रधानमन्त्रीसँगको भेटवार्तामा समाजवादीका शीर्ष नेताहरुले आफ्नो बटमलाइन कम्तीमा तीन मन्त्रालय रहेको भन्दै त्यस बाहेकमा कम्प्रोरमाइज गर्न नसक्ने अडान दोहोर्याएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटवार्तामा मन्त्रालय भागबण्डाबारे कुराकानी भएको बताईएको छ ।
प्रधानमन्त्रीले तीन वटा मन्त्रालय दिन नसक्ने संकेत गरेपछि एकीकृत समाजवादीका नेताहरू आफ्नो बटमलाइन दोहोर्याएर बालुवाटारबाट निस्केका थिए । सो पार्टीले गृह वा अर्थसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । साथै सातै प्रदेशमा मन्त्री र एक मुख्यमन्त्री पनि पाउनुपर्ने गरी प्याकेजमा सहमति गर्नुपर्ने समाजवादीको माग छ ।
एकीकृत समाजवादीका शीर्ष नेताहरु बालुवाटारमा : मन्त्रीमण्डल बिस्तारबारे प्रचण्डसँग छलफल गर्ने
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar