बुटवल – लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदै नयाँ सरकार गठनका लागी दावी पेश गरेकाछन् ।
उनिहरुले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् । सत्तारुढ घटक माओवादीले समर्थन फिर्ता लिएलगत्तै ८ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । जबकि उनको दाबीमा हस्ताक्षर गरेका नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा र जनमतका नेताहरु मन्त्रिपरिषदमा नै छन् । जनमत पार्टीबाट मन्त्री बनेका सीके गुप्ताले भने आफूले फोन र इमेलबाट राजीनामा दिएको बताएका छन् ।
माओवादीका मन्त्रीहरुले हिजो आइतबार मात्र मुख्यमन्त्री गिरीलाई राजीनामा बुझाएका थिए । राजीनामा बुझाएलगत्तै उनीहरु सहित सांसदको टोली अर्को पत्र लिएर प्रदेश प्रमुख समक्ष पुगेका हुन् । उनीहरुले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनमा दाबी पेश गरेको उल्लेख गरेका छन् ।
संविधान अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar