हेटौंडा – बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा पस्चात् थपलियाले मुख्यमन्त्री जमकट्टेललाई बैठकस्थलमै राजीनामा पत्र बुझाएका थिए । बैठकमा सम्बोधन गर्दै थपलियाले एमाले सरकारबाट बाहिरिएर अव सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । उनले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने पनि बताए । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत समेत नदिने प्रस्ट पारेका थिए ।
संसदमा धारणा राख्दै थपलियाले विगतमा सत्ता गठबन्धन एमाले अनुकुल हुँदाको बखतमा कांग्रेसले देखाएजस्तो ढुलमुले शैली नदेखाउने पनि बताए । प्रतिपक्षको भूमिकामा रहेर एमालेले सरकारलाई रचनात्मक सुझाव र खबरदारी गर्ने उनको भनाइ थियो।
गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुक्त भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar