पोखरा- नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको जनाए ।
नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको भनाइ छ ।
नेपाली सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुबाट प्रशारण हुने यस किसिमको भ्रामक प्रचारबाजीबाट टाढै रहन अनुरोध गरे।
नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएमा आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न पनि उनले आग्रह गरे ।
‘समय समयमा कसको इशारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिंदो नचाहिंदो किसिमका कुराहरु पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ’ प्रधान सेनापति शर्माले भने, ‘यो हेर्दा हास्यास्पद हो भन्न चाहन्छु ।’
आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उनको भनाइ थियो । ‘कुनै आइएनजिओ, एनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरुले गर्ने होइन’ उनले भने, ‘यो नेपाल सरकारको काम हो भनेर उहाँहरुलाई पनि म भन्न चाहन्छु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar