काठमाडौँ – सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ।
सुनको मूल्य बढे सँगै चाँदी पनि बढेको छ। बुधबार प्रति तोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar