काठमाडौं – आसन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति भएको छ ।
शुक्रबार साँझ, बालुवाटारमा बसेको बैठकमा सहभागी आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो । त्यस्तै बैठकमा कस्लाई राष्ट्रपतिमा उठाउने भन्नेबारे टुंगो लगाएको छैन । कस्लाई उम्मेदवार उठाउने भन्नेबारे काँग्रेसलाईनै जिम्मा दिएको बताईएको छ । त्यस्तै उपराष्ट्रपतिमा जनता समाजवादीलाई दिईने सहमती भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रपतिको निर्वाचनलगत्तै पुनः सरकारको मन्त्रीमण्डलसमेत हेरफेर र थपघट हुने छ । उनका अनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नै कायम गर्नेगरी गृहमन्त्री सहितका केहि मन्त्रालय एकिकृत समाजवादीलाई दिने सहमती भएको छ । यद्धपी कुन् कुन मन्त्रालय क कस्लाई दिने भन्नेबारे भने छलफल भएको छैन ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar