काठमाडाैं – गत सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ ।
उद्धारकर्मीहरूका अनुसार टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा आएको भूकम्पमा परी हालसम्म टर्कीमा २० हजार २१३ र सिरियामा ३ हजार ५०० सयजनाको मृत्यु भएको हो । उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन् । टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन आह्वान गरेका छन् । साथै उनले आगामी साता टर्की र सिरियाका निम्ति आर्थिक सहायता जुटाउन दातृ निकायको सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन् । टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । यसैबीच, अमेरिकीले भूकम्पबाट प्रभावित टर्की र सिरियालाई ८ करोड ५० लाख डलर सहयोग गर्ने भएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले दिएको यो सहयोग खाद्यान्न, पानी र स्वास्थ्य सामग्रीका लागि प्रयोग गरिने छ । साथै, जाडोबाट जोगिनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar