काठमाडौं – कम्प्युटर एसोसिएसन नेपालद्धारा आयोजित् (क्यान इन्फोटेक – २०२३) मेलामा आईएमई पे ले नि:शुल्क भिजा कार्ड बितरण गरेको छ ।
मंगलबारदेखी राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा सुरु भएको क्यान मेलामा आईएमई पे ले मेला अवलोकन गर्न आउने सम्पुर्ण ग्राहकहरुलाई नि:शुल्क रुपमा भिजा कार्ड उपलव्ध गराएको हो । मेलामा मंगलवार र बुधवार २ दिनमै ३०० भन्दा बढी अवलोकनकर्ताहरुलाई कार्ड बितरण गरिसकेको आईएम ई पेका प्रतिनिधी (अप्रेशन मेनेजर) बन्देश अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार आगामी माघ २९ गतेसम्म चल्ने उक्त मेलामा २ हजार भन्दा बढी कार्ड बितरण गर्ने लक्ष राखिएको छ । हालसम्म देशैभर गरी ६० हजार भन्दा बढी कार्ड वितरण भैसकेको छ । ग्राहकहरुले बैंक खाता नै नखोली आइएमई पे प्रयोगकर्ताहरुले भिसा कार्ड प्रयोग गर्न पाउन भनेर मेलाको अवशरमा कार्ड बितरण गरिएको अधिकारीले बताए । बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि कार्ड लिन निकै सास्ती र झर्को हुने र बैंक जान आवश्यक खाता खोल्न, खाता खोल्न पनि लम्बेतान फारम र अनेकौं विवरण भर्नुको दुखले ग्राहकहरु आजित हुने गरेको आभाष गरी आइएमई पे ले ग्राहकहरुको सहजतालाई मध्येनजर गरी यस्तो सेवा ल्याएको अधिकारीले बताए ।
“बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई डेबिट/क्रेडिट वा अन्य प्रकारका कार्ड दिने गरेको भएपनि नेपालमै पहिलोपटक मोबाइल वालेटले कार्ड जारी गरिरहेको छ। अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुबाट कुनै पनि कार्ड लिन निकै सास्ती र झर्को हुन्छ। बैंक जाउ आवश्यक खाता खोल, खाता खोल्न पनि लम्बेतान फारम र अनेकौं विवरण भर्नुको दु:खले ग्राहकहरु आजित हुने गर्छन्। अझ खाता खोलेर तुरुन्तै एटीएम कार्ड सुचारु भए त ठिकै हो कयौं दिन लाग्ने गरेको गुनासो उपभोक्ताहरुको छ। एउटा एटीएम कार्ड दिन पनि बैंकहरुले हप्ता दिन भन्दा बढी समय लगाउने गर्छन्। यही समस्या लगायतका ‘ह्यासल’ लाई क्यास गर्दै आइएमई पेले आफ्नो छुट्टै कार्ड जारी गरेको छ। त्यो पनि छिनकोछिनमै एक्टिभेट हुन्छ, र भिसाको सबै नेटवर्कमा सहजै चल्छ। ” अधिकारीले भने ।
आइएमई पे मुख्यगरी दुईवटा प्रयोगकर्ताहरुलाई लक्षित गर्दै आइएमई समूहले संचालनमा ल्याएको हो। एउटा इ-कमर्सलगायतबाट खरिद गरिएको वस्तु वा सेवाको भुक्तानी गर्न ल्याइएको भर्चुअल भिसा कार्ड। अर्को भनेको भौतिक कार्ड। यसको मुख्य उद्देश्य भनेकै पोइन्ट अफ सेल (पोस) भएको अधिकारीले बताए ।
अधिकारीका अनुसार बैंकको कार्ड लिनुको प्रक्रिया भन्दा आइएमई पेको भिसा कार्ड लिन र सुचारु गर्न निकै सहज छ। यदी कुनै ग्राहकले कार्ड लिन चाहेमा कुनै पनि हाम्रो एजेन्ट लोकेसनमा गएर तुरुन्तै भिसा कार्ड नि:शुल्क लिन र इनेबल गर्न सक्ने उनले बताए । हाम्रो कार्ड लिन झन्झटिलो छँदैछैन। बैंकहरुले दिने पनि यही कार्ड हो । अधिकारीले भने ।
आइएमई पेकै एपबाट कार्डबाट भुक्तानी गर्न मिल्ने लिमिट, पिन रिसेटदेखि कार्ड लक गर्न मिल्छ। जसका कारण कार्ड हराएको खण्डमा बैंकमै जानुपर्ने वा फोन गर्नुपर्ने अवस्था नरहने बताइएको छ। साथै, उक्त कार्ड अनलाइन कारोबार, एटिएमबाट पैसा झिक्न र पोस भुक्तानी कुन इनेबल गर्ने वा नगर्ने छनोट गर्न मिल्ने कम्पनीले जनाएको छ।
नेपालमा पाउने कुनै पनि भिसा कार्ड यति सहज र सरल ढंगले कतैपनि नपाइने अधिकारी दाबी गर्छन्। सँगै त्यही कार्डलाई शुल्क लिने बैंकहरु आइएमई पेले भने कसरी नि:शुल्क दिन सक्छ भन्ने प्रश्न उब्जिनु पनि स्वभाविक भएको उनी बताँउदछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar