काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
आईतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच नयाँ गृहमन्त्री नियुक्ती कसलाई बनाउने भन्नेबारे छलफल भएको हो ।
नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुबीच अहिले छलफल भईरहेको बताइएको छ ।
सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्रीबाट शुक्रबार नै राजीनामा दिएका थिए । आज उनले नागरिकता पुनः प्राप्ति गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा पुनः दाबी गर्ने बताएको छ ।
यस्तै छलफलमा फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् भने एमाले अध्यक्ष ओली त्यसको विपक्षमा छन्। राष्ट्रपतिमा एमालेको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुन सक्ने ओलीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar