हेटौंडा – बागमती प्रदेशका नवनियुक्त आठ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज (बुधबार) बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त आठ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।एमालेबाट तीन, माओवादीबाट तीन र राप्रपाका दुई नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य, केशव पोखरेल कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका हुन् ।
यस्तै माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बनेकी छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी र राजु विष्टले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि पुस २६ गते विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपाका उद्वव थापाले खानेपानी, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेका जघन्नाथ थपलियाले पुस २६ गते मुख्यमन्त्री जम्कटेलसँगै आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए । प्रदेशमा मन्त्रालयको संख्या ११ बनाइएपछि आज प्रदेशको मन्त्रिपरिसदले पूर्णता पाएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar