काठमाडौं – दुर्घटनाग्रस्त यति एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ ।
आइतबार पोखरामा दुर्घटना भएको विमानको ब्ल्याक बक्स भेटिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार करिब २४ घन्टापछि ब्ल्याक बक्स भेटिएको हो । प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको पुष्टी गरे । उनले हिजोदेखि खोजी कार्य जारी रहेपनि २४ घन्टापछि मात्रै भेटिएको र उक्त ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको बताए ।
ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar