काठमाडौं – यति एयरलाइन्सको विमान काठमाडौंबाट उडेको १८ मिनेटमा पोखरा स्थित सेती खोचमा दुर्घटना भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयर प्रािलको एनवाईटी – ६९१, ९ एन – एएनसी विमान पोखरा टावरसँग १० बजेर ५० मिनेटमा सम्पर्कमा आएको थियो । ‘सेती खोच भन्ने स्थानमा सम्पर्कमा आएको र सो पश्चात विमान दुर्घटना भएको छ’ – नागरिक उडड्यन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए । विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar