काठमाडौं – प्रतिनिधिसभाको पहिलो बैठक आज (साेमबार) दिउँसो १ बजेका लागि डाँकिएको छ ।
बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने भएको छ ।
त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ भने अधिवेशन शुभारम्भ भएको अवसरमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् । राष्ट्रियसभाकाे बैठक पनि आजै आह्वान भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar