काठमाडौं – काठमाडौं ५ बाट निर्वाचित् सांसद श्याम खड्का पनि वन्य जन्तु तस्करीमा मुछिएका छन् ।
पुस पहिलो साता पर्सा राष्ट्रिय निकुञ्जमा भएको तस्करीको घटनामा काठमाडौं ५ प्रदेश (ख)बाट निर्वाचित सांसद श्याम खड्का पनि मुछिएका हुन् । पुस पहिलो साता निकुञ्जको टोलीले रंगेहात ५ जनालाई मृत अवस्थाका दुईवटा जरायो, दुईवटा गाडी,हातहतियार र त्यसमा लाग्ने गोली,नगदलगायतका सामग्री सहित पक्राउ गरेको थियो ।
ती व्यक्ति तथा सामग्रीहरु पर्सा ३९१०बाट निर्वाचित प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी गाउँपालिका – १ स्थित घरबाट निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । यो प्रकरणमा सांसद जयसवालका दाजु सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल पनि तानिएका छन् । जयसवाल स्वतन्त्र सांसद हुन।
निकुञ्जको टोलीले सोमबार जयसवाल दाजुभाइको बयान लिएको छ । यस्तै,यो घटनामा जोडिएका वाग्मतीका सांसद खड्काको बयान लिनका लागि निकुञ्जको टोलीले पत्र काटेको छ । जरायो मार्न प्रयोग भएको बन्दुक सांसद खड्काको नाममा रहेको खुलेको छ । स्रोतका अनुसार सांसद खड्काको सखुवा प्रसौनी – १ मा माछापोखरी रहेको छ ।
निकुञ्जले बरामद गरेको प्र २०३ ००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी जयसवाल इन्टरप्राइजेजको नाममा रहेको छ । उक्त इन्टरप्राइजेज सांसद जयसवालका दाजु प्रदीप जयसवालको नाममा छ । यस्तै, हतियार,वन्यजन्तुसहित व्यक्तिहरु सांसद जयसवालको घरबाट रंगेहात नियन्त्रणमा लिइएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar