वासिङ्टन डीसी – अमेरिकाको वासिङ्टन डीसीको व्यस्त सडकमा नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटपाट भएको छ ।
दूतावासमा कार्यरत् कर्मचारीको लापरबाहीको कारण दूतावासको रकम लुटिएको हो। राजदूतावासमा कार्यरत् कर्मचारीको लापरबाहीको कारण दूतावासको रकम लुटिएको हो। राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएकोले उल्लेख गरेको छ । साथै, दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ ।
विज्ञप्तिमा कति रकम बराबरका ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भन्ने बारेमा उल्लेख गरिएको छैन । साथै, को – को कर्मचारी यात्रा गर्दा यस्तो घटनाभएको पनि उल्लेख छैन । ‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ । दूतावासले सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ,’ विज्ञप्तिमा भनिएको छ ।
दूतावासले कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा गर्नु भएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ रद्दगर्न सम्भव भएसम्म गर्नको लागि पनि आग्रह गरेको छ । साथै, त्यसपछि दूतावासको नयाँ ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ बनाइ हाल्नको लागि पनि अनुरोध गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar