काठमाडौं – धादिङको धुनिबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य ‘बफरजोन’ को नाममा धुनिबेसीवासी पीडित भएको बताएका छन् ।
गत सोमबारदेखि काठमाडौंमा जारी नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय अधिवेशनमा बोल्दै मेयर आचार्यले ‘बफरजोन’ को नाममा धुनिबेसीवासी पीडित भएको बताएका हुन् । गत वैशाखको निर्वाचनबाट स्थानीय सरकार सञ्चालनको दोस्रो पालोमा आएकाहरूलाई फेरि उही कानुनहरू संघले नबनाइदिँदा काम गर्न गाह्रो परेको समेत आचार्यले बताए ।
आचार्यले केन्द्रीकृत ऐनबाट स्थानिय सरकारको नेतृत्व गर्नेहरुलाई पीडामाथि पीडा थपेको समेत बताए । ‘एउटा हलो काट्दा मुद्दा लाग्छ, दुई पाथी लप्सी ल्याउँदा स्थानीय पक्राउ पर्छन्,’ केन्द्रीकृत ऐनबाट पीडामाथि पीडा थपेको उल्लेख गर्दै उनले भने, ‘०५७ सालदेखि दुईवटा खानी सञ्चालनमा छन् । संघीय सरकारले ढुंगा, गिट्टीको खानी सञ्चालन गर्न पटक–पटक रोकेको छ । स्थानीय सरकारलाई जानकारी नदिई खानी सञ्चालन गर्न दिइएको छ ।’ उनले भने ।
त्यस्तै संघले ससर्त अनुदान बढाएको छ तर समानीकरण अनुदान नबढाएको पनि उनले बताए। राजस्वसम्बन्धी कानुन प्रस्ट नहुँदा स्थानीय सरकारको आन्तरिक स्रोत दरिलो बनाउन नसकेको र संघीय सरकारले आवश्यक ऐन, कानुन निर्माण नगर्दा संवैधानिक अधिकार कार्यान्वयनमा समस्या आएको आचार्यको गुनासो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar