धादिङ – धादिङको गजुरी नजिकै बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका – २ बिहानी पेट्रोल पम्पनजिकै काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख २६४४ नम्बरको बस र लमजुङतर्फ जाँदै गरेको बा.२ ख ४७६२ नम्बरको माइक्रोबस एक – आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनामा परी अन्दाजी २८ वर्षकी महिलाको घटनास्थलमै मृत्यु भएको हो । ती महिलाको सनाखत भने नभएको खत्रीले बताए ।
दुर्घटनामा परी घाइते भएकाहरूको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar