काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ।
भोली बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि आज मंगलवार उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको हो । संयोजक भीष्मराज आङ्देम्बेका अनुसार संसदीय दलको नेताको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारले दरखास्त दिने समय तोकिएको छ । उनका अनुसार उम्मेदवारको अन्तिम नामावली पनि आजै प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
कार्यतालिका अनुसार मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ । उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ तोकेको छ। निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गरीसकेको छ। मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ। त्यस्तै संसदीय दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि दुई घण्टा मतदान हुने आङ्देम्बेले जानकारी दिए।
कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको छ। संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले शीर्ष नेताहरु सघन छलफलमा रहेका छन्। कांग्रेसको विधानको दफा ४० को उपदफा ९२० मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ।
कांग्रेस संसदीय दलका नेतामा संस्थापनको तर्फबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतरबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन्। संस्थापनइतर समूहको सोमबार बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार बिहान पनि बैठक बस्ने तयारी छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar