काठमाडौ – बाणिज्य बैकहरुले मंसिरमा दिदै आएको व्याजदरलाई पुसमा पनि यथाबत राख्ने निर्णय गरेका हुन ।
नेपाल बैकर्स संघले मंगलबार सो निर्णय गरेको हो । यो भन्दा अघि १ पुस देखी व्याजदर घटने अपेक्षा गरिएको थियो ।संघका अध्यक्ष अनिल शर्माले पुस महिनाका लागि बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेको जानकारी दिए । बैंकहरुले पुस अन्तिममा पुनरकर्जा परिपक्क हुने, एडभान्स ट्याक्स भुक्तानी गर्नुपर्ने तथा स्थानीय तहको पैसालाई निक्षेप गणना गर्ने पाउने ८० प्रतिशत व्यवस्था घटेर ५० मा झर्ने भएकले पुसको लागि ब्याजदर चलाउन उपयुक्त नभएको उनको भनाई थियो ।
पुस महिनामा बैंकिङ प्रणालीबाट पुनरकर्जा, कर तथा स्थानीय तहको निक्षेप गणनाको व्यवस्था घट्ने हुदाँ करिब २ खर्ब पैसा जाने संघले बताएको छ । सोही कारण पुस महिनामा बैंकहरुको तरलताको अवस्थालाई हेरेर माघ महिनामा ब्याजदरलाई चलाउन उपयुक्त हुने निस्कर्ष संघको छ । मंसिरमा बैंकिङ क्षेत्रमा देखिएको सुधार दिर्घकालिन नहुन पनि सक्ने भएकाले ब्याजदर चलाउन बाट संघ पछि हटेको हो ।
बैंकहरुले गत असोजमा ब्याजदर बृद्धि गरेका हुन । तर विकास बैंक र फाइनान्स कम्पनीले भने मंसिरमा आएर ब्याज घटाउने निर्णय गरेका थिए । पुसमा विकास बैंक र फाइनान्स कम्पनीले पनि व्याजदर नघटाउन भएका छन ।अहिले वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र साधारण बचतमा ९.१३३ प्रतिशत व्याज दिइरहेका छन । विकास बैंकहरूको निक्षेपमा १२.८५ प्रतिशत ब्याजदर रहेका छ भने संस्थागत मुद्दती निक्षेपमा १०.८५ र साधारण बचतमा न्यूनतम ७.८५ प्रतिशत ब्याजदर दिने गरेका छन । वित्त कम्पनीहरूले तीन महिने मुद्दतीको ब्याजदर १३ प्रतिशत र एकवर्षे मुद्दतीको ब्याजदर १३.३० प्रतिशत कायम गरेका छन ।
बैंकहरुका निक्षेप थपिने र कर्जा प्रबाह रोकिँदा अन्तर बैंक दर घटेर ६.८६ प्रतिशतमा झरेको छ । त्यसैगरी बैंकहरुले प्रयोग गरेको बक्यौता स्थायी तरलता सुविधा समेत घटेर ४ अर्ब ९५ करोडमा झरेको छ । त्यसैगरी बैंकहरुले दैनिक ६० अर्ब भन्दा धेरै दैनिक तरलता प्रयोग गर्दै आएकोमा मंसिर मंगलबार ३ अर्बमा सिमित भएको छ । यो संगै ट्रेजरी बिल्सको रेट पनि घट्दै आएको छ ।बैंक वित्तीय संस्थाको मंसिर महिनाको कर्जा निक्षेप अनुपात पनि ८६.३१ प्रतिशतमा झरेको छ । यसले बैंक वित्तीय संस्थाले करिब १ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गर्ने क्षमता बैंकहरुसंग रहेको देखिएको छ । तर, उच्च ब्याजदरका कारण बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन ।
वित्तीय संस्थाको निक्षेप ५२ खर्ब
बैंक तथा वित्तीय संस्थाको निक्षेप भने ५२ खर्ब भन्दा बढि पुगेको छ । यो निक्षेप बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको हो । बाणिज्य बैंकहरुको मात्रै कुल निक्षेप ४६ खर्ब रुपैयाँ पुगेको छ । सोमबारसम्म २६ बाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब पुगेको राष्ट्र बैकले जनाएको हो । यस पटक निक्षेपको बृद्धि दर निक्कै सुस्त देखिएको छ । ब्याज दर अघिल्लो बर्षको भन्दा दोब्बर पुग्दा सम्म पनि निक्षेपमा सुधार हुन सकेको देखिदैन ।
यता बैंकहरुको कुल ऋण भने ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । चालु बर्षमा ४९ अर्ब रुपैयाँले मात्र ऋण बिस्तार भएको छ । पछिल्ला दिन निक्षेपमा आएको सुधारले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटिरहेको छ भने अन्तर बैंक सापटीको दरमा पनि कमी आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar