बेनिघाट रोराङ – दक्षिणि धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ माथिल्लो ओर्वाङको चेपाङ बस्तीमा खानेपानी प्रणालीे विस्तारको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
फोकस नेपाल र अक्सफामको सहयोगमा सञ्चालित खानेपानीको लागि बैकल्पिक व्यवस्थापन मोडेल परियोजना र गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको खानेपानी प्रणाली विस्तारको आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर प्रजाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ को प्रमुख आतिथ्य रहेको थियो ।
५१ घरधुरी चेपाङ वस्तीका एक घर, एक धारा खानेपानी प्रणालीको विस्तारको आज गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले धाराको पानी खोलेर उद्घाटन गर्नुभएको हो । खानेपानी प्रणालीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ ले परियोजनाले गाउँपालिकामा खानेपानीको पद्धतीलाई विकास गर्न महत्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
गाउँपालिकाका सबै घर धुरीमा ३ वर्षभित्र एक घर, एक धारा नितिलाई विस्तार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यस्तै खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रजाले घरमै खानेपानी आउन थालेपछि खुशी हुँदै सपना पुरा भएको बताउनुभयो । ओर्वाङ जस्तो ठाउँमा खानेपानीको मस्या समाधान भएको भन्दै खानेपानी दिगो विकासको लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
गाउँपालिकाको ३ लाख ७९ हजार, फोकस नेपालको ४ लाख ५ हजार र ४ लाख ५६ हजार जनश्रमदान गरि १३ लाख ३९ हजारमा खानेपानी प्रणालीको मर्मत सुधार गरिएको हो । खानेपानी विस्तारबाट ५१ घरधुरीका ३ सय चेपाङ लाभाविन्त भएका छन् । ३ किलोमिटर तल गोमती बाट लिफ्टीङ प्रविधिबाट विस्तार गरिएको खोपानीको मर्मत तथा सुधार गर्दै उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको फोकस नेपालका व्यवसाय विकास अधिकृत उमेश कंडेलले जानकारी दिनुभयो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar