काठमाडौं – आज हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्रबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरेको हो ।
यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ । मतदाता परिचय पत्र हराएमा माथि उल्लेखित आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर मतदान केन्द्रमा गए मतदान गर्न पाइने जानकारी आयोगले दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar