सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका छन् ।
शनिबार साँझ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ स्थीत् इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको स्थानीय दीपक न्यौपानेले बताए । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको न्यौपानेले बताए ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथोकीले भने – ‘पैसा भएको पक्षले बाँडिरहेको भन्ने अर्को पक्षको आरोप छ । पैसा बोकेको टोलीलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’ मतदान केन्द्रको अनुगमनमा गएको नवलपुर प्रहरीले पैसा बाँडेको आरोप लागेको टोलीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगेको बुढाथोकीले जानकारी दिए । यता एसपी रामेश्वर यादवका अनुसार प्रहरीले छत्रको साथबाट १ लाख १४ हजार बरामद गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar