महोत्तरी – महोत्तरीमा नेकपा एमालेका कार्यकर्ताहरुले मदिरा सेवन गरी माओवादी कार्यकर्ताहरुमाथी आक्रमण गरेका छन् ।
शुक्रवार साँझ, महोत्तरीको रामगोपालपुर नगरपालिका क्षेत्रबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले स्थानिय माओवादी कार्यकर्ताहरुको घर घरमा गएर आक्रमण गरेका हुन् । एमाले कार्यकर्ताहरुले माओवादी कार्यकर्ताहरुको घर घरमा गएर आक्रमण गर्न थालेपछी माओवादी कार्यकर्ताहरुले प्रतिकार गरेको स्थानीय रामभुषण साहले जानकारी दिए । उनका अनुसार स्थानियहरुले प्रतिकार गरेपछी केहिबेर माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडपसमेत भएको थियो ।
साहका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने । आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ । एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ ।
माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar