धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री तथा धादिङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले सिद्धलेकको आरुवासटारमा ४ वर्षदेखी अलपत्र परेको त्रिसुली नदीको पुल निर्वाचित भएको वर्षदिन भित्र निर्माण सम्पन्न गरेर उद्घाटन गर्ने प्रतिवद्धता जनाएका छन् ।
पृथ्वी राजमार्गस्थीत् मलेखुबाट आरुवासटार हुँदै बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माणाधिन स्थलसम्म जाने त्रिसुली नदीमा पुल निर्माणको काम ४ वर्षदेखि अलपत्र अवस्थामा हुँदा समस्या झेल्नुपरेको भन्दै स्थानीयले गुनासो गर्ने गरेको भन्दै उम्मेदवार पाण्डेले आफु निर्वाचित भएलगत्तै काम अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् । “त्यस पुल बन्नुअघी आरुवासटारका साथीहरुले सहकारीको कार्यक्रममा मलाई काठको पक्कि पुल बनाएर चिनो प्रदान गरी पुल निर्माण गरिदिन आग्रह गरेका थिए । त्यस लगत्तै मैले पुल निर्माणमा पहल गरेँ र उक्त पुल निर्माणको चरणमा गयो । अहिले उक्त पुल निर्माण कार्य रोकिएको छ । अलपत्र पुल कसरी, के कारणले रोकिएको हो, मंसिर ४ गतेपछि खोतलेर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछु” उम्मेदवार पाण्डेले भने । ‘उक्त पुलको निर्माण सम्पन्न गर्ने काम मेरो प्राथमिकतामा परेको छ, अव कुनै बहानामा ढिला सुस्ती हुँदैन ।’ उनले भने ।
पाण्डेले आफ्नो पहिलो प्राथमिकतामा बुढिगण्डकी जलविद्युत आयोजना रहेको र उक्त आयोजनामा प्रत्यक्ष सम्बन्ध राख्ने आरुवासटारको पक्कि पुल निर्माण पनि प्रमुख भुमिकामा रहेको बताए । उक्त पुलमा कस्को कमजोरीका कारण ढिलाशुस्ती भएको हो अनुसन्धान गरी ठेकेदारको कमजोरी भए कालोसुचीमा राखी कारबाही गर्ने र अर्को ठेकेदार छनोट गरी एक बर्षभित्र पुल निर्माण सम्पन्न गराएरै छाड्नेसमेत प्रतिबद्धता जनाए ।
पाण्डेले वि.सं.२०४४ सालमा आफु जिल्ला विकास समितीको सभापति भएका बखत जिटिजेट संस्थासंग सहकार्य गरी सलाङघाटमा झोलुङ्गे पुल निर्माण गरेको स्मरण गर्दै ४ बर्षदेखी अलपत्र परेको उक्त पुल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
धादिङ क्षेत्र नं. १ को विभिन्न स्थानमा भएको घरदैलोमा कार्यक्रममा उम्मेदवार पाण्डेले मतदाताहरूले अवसर दिए शिक्षा, स्वास्थ्य, रोजगारी र गरिवी, विपन्न जनताको हकमा अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता पनि जनाएका छन् । घरदैलो कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेलले पनि धादिङका जनताले ५ दलीय गठबन्धनको तर्फबाट धादिङ १ मा सक्षम र योग्य उम्मेदवार पाएकोले सबैलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar