काठमाडौं – सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।
गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए ।
तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar