काठमाडौं – प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरुले बढीमा ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।
मंगलबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटासम्म सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो ।
त्यस्तै प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले पनि एउटा सम्पर्क कार्यालय खोल्न पाइने विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar