काठमाडौं – निर्वाचन आयोगले चुनावी प्रचारमा प्रचार सामग्रीको सीमाबारे राजनीतिक दल, उम्मेदवार, भातृ संगठन, तथा सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गरेको छ ।
आयोगले चुनावी प्रचार सामग्रीहरुको सीमा सार्वजनिक गर्दै भनेको छ, ‘जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा ३४ फिटको दश–दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न पाइने छ ।’
उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको ३–४ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न राख्न बाहेक अन्य प्रचारप्रसारका सामग्री राख्न नपाइने पनि आयोगले स्पष्ट पारेको छ ।
चुनाव प्रचार प्रसार गर्दा ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको एउटै आकारको रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्नुपर्ने पनि आयोगको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar