काठमाडौं – प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका उम्मेदवार र दलहरु आफ्नो चुनावी प्रचारमा व्यस्त रहेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि आ-आफ्नो निर्वाचन क्षेत्रमा दौडधुप सुरु भएको हो। निर्वाचन आयोगले मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ भने निर्वाचन सामग्री धमाधम जिल्ला पठाउन सुरु गरेको छ।
उम्मेदवारले चुनाव चिह्न पाएसँगै मत माग्न थालेका छन्। आयोगले ऐन कानूनअनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको बताएको छ। यससँगै आयोगमा आचारसंहिता मिचेका उम्मेदवार, संघ – संस्थाबिरुद्ध उजुरी आउने क्रम बढेको छ। आचारसंहिता उल्लंघन गर्ने ६ व्यक्ति र ८ संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनमत पार्टी अध्यक्ष डा. सिके राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरेलगायतलाई स्पष्टीकरण मागिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए।
आचारसंहिता मिच्नेबिरुद्ध आयोग दण्डात्मक रूपमा उत्रिने आचारसंहिता अनुगमन केन्द्रीय समितिका संयोजक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जनाए।
निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिसकेको छ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र खर्च गर्न पाइन्छ।
यी हुन् उम्मेदवारले खर्च गर्न पाउने शीर्षकहरु
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar