टोकियो – जापानको मुद्रा येन पछिल्लो ३२ वर्ष यताकै कमजोर बनेको छ ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार येन अमेरिकी डलरको तुलनामा ३२ वर्ष यताकै कमजोर स्थितीमा आइपुगेको हो । येनको घट्दो क्रमलाई सम्बोधन गर्दै जापानका अर्थ मन्त्री सुनिचि सुजुकीले सरकारले तत्काल आवश्यक कदम चाल्ने बताएका छन् ।
उनले येनलाई थप कमजोर हुन नदिनलाई आवश्यक कदम चाल्ने बताएका हुन् ।
जापानले आफ्नो देशको मुद्रालाई कमजोर हुन नदिनलाई पछिल्लो महिनासम्ममा २० बलियन डलर खर्च गरिसकेको छ । ‘येनको गिरावटलाई हामी थप सहन सक्दैनौं,’ विश्वका ठूला ७ अर्थतन्त्र भएका मुलुकहरूको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री सुजुकी भने ।
जापान सरकारले आफ्नो देशको मुद्रालाई थप कमजोर हुन नदिनलाई मेहनत गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar