काठमाडौं – सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।
मन्त्री चौधरीले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै आफूले प्रयोग गर्दै आएको बा २ झ ३८४३ नं. को सरकारी गाडी फिर्ता गरेका हुन् ।
निर्वाचनको अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरुप मन्त्री चौधरीले बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेर लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गर्न थालेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए ।
मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धामा छन् । एमालेकी शान्ता चौधरी र नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीसँग उनले प्रतिष्पर्धा गर्न लागेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar