काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डालाई टुंगाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको हो । जसमा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ।
१६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिने छ । यद्यपि लोसपाले १५ सिट मागेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar