काठमाडौं – नेकपा एमालेले असोज ३ मा बुझाएको समानुपातिक निर्वाचन तर्फको बन्दसूची हेरफेर गर्ने भएको छ ।
बिहीबार मध्यरातिसम्म बसेको पार्टी सचिवालय बैठकले बन्दसूची हेरफेर गर्ने र नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने निर्णय गरेको हो । यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको र बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको पनी जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची १५ गते बुझाउने निर्णय भएको जानकारी दिए । ‘प्रारम्भिक लिष्टमा हामीले अध्यक्षज्युलाई आवश्यक थपघट गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको हो । उम्मेदवारको प्राथमिकता पनि तोकेर निर्वाचन विभागमार्फत केन्द्रीय हेडक्वार्टरले अन्तिम निर्णय गर्छ । त्यसको अन्तिम टुंगोमा हामी पुग्दैछौ’, गुरुङको भनाइ छ ।
बैठकमा १० बुँदे पक्षधर र पूर्व माओवादीबारे कुनै छलफल नभएको गुरुङले बताए । गुरुले २१ वा २२ गते अर्को बैठक बसेर प्रत्यक्ष तर्फका उम्मेदवार सार्वजनिक गर्ने जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar