धनकुटा – नेकपा माओवादी केन्द्र धनकुटाका पदाधिकारीसहित जिल्ला कमिटीका सवै सदस्यहरूले सामुहिक राजीनामा दिएका छन् ।
धनकुटाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूसहित जिल्ला समन्वय समितिका सबै सदस्यले सामूहिक राजनीमा दिएका हुन् । शनिवार बसेको समन्वय समितिको बैठकले सामूहिक राजीनामा दिँदै हेमराज भण्डारी ‘सुदर्शन’को स्वतन्त्र अभियानलाई सघाउने निर्णय गरेको समन्वय समितिका संयोजक डिल्ली राम राई (कमल)ले जानकारी दिए । उनले आज केहिवेर अघी पत्रकार सम्मेलन गर्दै आफूहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको जानकारी दिए ।
गठबन्धन दलबीच एउटैमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेपाली कांग्रेसलाई दिने मोटामोटी सहमति भएको बताइएको छ । कांग्रेसबाट सुनिल थापा उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उता माओवादी केन्द्रका जिल्ला नेताहरूले भने लामो समयदेखि धनकुटा नछाड्न पार्टी केन्द्रलाई दबाब दिँदै आएका थिए । नेता भण्डारीले ने पार्टीले टिकट नदिए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar