काठमाडौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजधानीस्थीत यातायात ब्यबस्था सेवा कार्यालय
ठुलोभर्याङमा अनुगमन गर्नुभएको छ ।
आज विहीवार बिहानै मुख्यमन्त्री पाण्डे, यातायात कार्यालयबाट हुने सेवा प्रवाहहरुको चुस्त दुरुस्त कामकाज भए नभएको अनुगमन गर्नाका लागि ठुलो भर्याङस्थित यातायात कार्यालय पुग्नुभएको हो । कार्यालय खुल्नु अगावै पाण्डे कार्यालय पुग्दा कार्यालय प्रमुख सन्जय थापा भने कार्यालयमै ब्यस्त थिए । अनुगमनमा आउनुभएका मुख्यमन्त्री पाण्डेलाइ कार्यालय प्रमुख थापाले कार्यालयवाट हुने सेवाप्रवाहको बारेमा ब्रीफिङ गराएका थिए ।
त्यस्तै मुख्यमन्त्री पाण्डेले पनि यातायात क्षेत्रमा अझैपनी बिकृती र बिसङ्गतीहरु कायम रहेकाले त्यस्ता कार्यहरु हुन नदिन र सर्वसाधारण जनताले चुस्तदुरुस्त सेवा पाउनेगरी काम गर्न कार्यालय प्रमुख थापासामु निर्देशन दिनुभएको छ ।
पान्डेले कार्यालय ब्यबस्थापन र त्यहाबाट हुने सेवा प्रणालीसङ्गै सेवाग्राहीहरुसङ्गको गुनाशो, लाइसेन्स वितरण केन्द्र र परिक्षा हलको निरीक्षण समेत निरीक्षण गर्नुभएको मुख्यमन्त्री पाण्डेका स्वकिय सचिव रविन भुजेलले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar