धादिङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनका लागी एमालेले धादिङ निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘ख ‘का लागी ९ जनाको नाम सिफारिस भएको छ ।
शनिवार गजुरीमा भएको एमालेको प्रदेश भेलाले लक्ष्मण शर्मा, गजेन्द्र थपलिया, मोदनाथ सिलवाल (सन्तोष), रमेस भट्टराई, धुर्व विक, दिपक खतिवडा, डिल्ली प्रसाद पाठक, मायादेवी थापा र उर्मिला श्रेष्ठलाई सिफारिस गरेको हो । एमालेले प्रदेश सभा सांसद पदको लागि प्रत्यक्ष र समानुपातिकतर्फ एकमुष्ठ नाम सिफारिस गरेको हो ।
एमाले केन्द्रिय लेखा आयोगका प्रमुख पुष्प कडेलको प्रमुख आतित्थ्यतामा भएको भेलामा पार्टी जिल्ला अध्यक्ष भुमि त्रिपाठी, सो क्षेत्रका केन्द्रीय कमिटीका नेता, प्रदेश कमिटीका नेता, जिल्ला कमिटीका नेता, पालिका कमिटीका नेता, वडा कमिटीका पदाधिकारी र जनवर्गीय संगठनका नेताहरूको सहभागिता रहेको थियो ।
उता सिफारिस भएका नाममध्ये लक्ष्मण शर्मालाई प्रत्यक्षतर्फ र ध्रुव विकलाई समानुपातिकमा उम्मेदवार बनाउने बलियो सम्भावना रहेको एमाले धादिङ जिल्ला कमिटी श्रोतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar