धादिङ – नेपाल आदिवासी जनजाति महासघं (समाजवादी) धादिङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
शनिबार धादिङबेशीमा ‘सम्पूर्ण आदिवासी जनजातिहरू एक होऔँ’ भन्ने मुल नाराका साथ महासघंको प्रथम भेला सम्पन्न भएको हो । भेलाले जीवन तामाङको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको छ । यस्तै धादिङमा रहेका आदिवासी जनजातिहरू मध्येबाट पाँच वटा घटक कार्यसमिती समेत गठन गरेको छ ।
जसमा नेपाल चेपाङ सघं जिल्ला कमिटी, नेपाल भुजेल सघं जिल्ला कमिटी, नेपाल मगर सघं जिल्ला कमिटी, नेपाल तामाङ सघं जिल्ला कमिटी र नेपाल नेवा सघं जिल्ला कमिटी गठन गरिएको हो ।
कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा नेकपा एकिकृत समाजवादीबाट निर्वाचित भएका आदिवासी र जनजाति जनप्रतिनिधीहरुलाई प्रमुख अतिथि एवम् नेकपा एकिकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डले सम्मान गरेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar