काठमाडौ – बैंक अफ काठमाण्डू लिमिटेड (बिओके) का ग्राहकले बर्गर हाउसमा छुट पाउने भएका छन् ।
बैंक र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौता पश्चात् ग्राहकले द बर्गर हाउसबाट उपलब्ध हुने सेवामा एकमुष्ठ १२ प्रतिशत छुट पाउनेछन ।
उक्त छुटको उपयोगको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिगको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बिओकेले १ सय ३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar