काठमाडौ – शुक्रबार संसदमा बुझाएको संसदीय विशेष समितिको प्रतिवेदनमा एमालेले ३६ बूँदामा अलगै धारणा राखेको छ ।
शुक्रबार बसेको संसदको बैठकमा सभापति लक्ष्मणला कर्णले सो सो धारणा सहित प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा एमालेका ४ सांसदले ३६ बूंदामा अलगै धारणा राखेका छन् । उनीहरुले छानबीन समितिलाई अर्थमन्त्रालयले सहयोग नगरेको, समितिमा छानबिनको दायरालाई लिएर प्रश्न उठिरहेको, अनाधिकृत ब्यक्ति अर्थमन्त्रालय प्रवेश गरेको सम्बन्धमा खोजेको कल डिटेल माग्दा सत्ता पक्षले असहयोग गरेको, लगायतका दर्जनौ बिषयमा फरक मत राखेको छ।
बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका मन्त्री शर्मामाथि संसदीय छानबिन समिति बनाइएको हो । समितिमा एमालेका, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक र खगराज अधिकारी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar