काठमाडौ – सरकारले फेरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको म्याद थप गरेको छ ।
दुवै आयोगको म्याद भोलिसम्म मात्र छ । सरकारले ७ वर्षअघि नै आयोगहरु गठन गरेपनि तिनले पीडितलाई ठोस् न्याय दिन सकेका छैनन् । सोहि कारण आज बसेको मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
त्यस्तै कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा सत्तारुढ गठबन्धनले सहमति जुटाए लगतै मन्त्रिपरिषदले विधेयक पास गरेको हो । यो आज शुक्रबार नै संसदमा दर्ता हुनेछ । संसदमा दर्ताभएसंगै दुवै आयोगको म्याद स्वत थपिने छ ।
दुवै आयोगले काम गर्न नसकेपछि सरकारले हरेक वर्ष एक एक वर्षको समयावधि थप गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar