काठमाडौं – यातायात व्यवस्था कार्यालय सानो भर्याङबाट ६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीलाई दुःख दिँदै सवारी चालक अनुमती पत्र बनाउन सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने गरेको र सरकारी कामकाजमा समेत अवरोध गरेको उजुरीको आधारमा ६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुले यातायातका कर्मचारीसंग छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा – अवरोध गरी अनावश्यक दुःख दिने गरेको आरोप छ ।
पक्राउ पर्नेमा उदयपुरका २४ वर्षीय अजय मगर र ३४ वर्षीय वीरबहादुर मगर, रौतहटका ३३ वर्षीय विश्वबल्लभ लामा र २४ वर्षीय सुवास योञ्जन लामा, झापाका २४ वर्षीय विशाल उप्रेती र सर्लाहीका २४ वर्षीय विमल पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरुले सेवाग्राहीबाट जबर्जस्ती बढी शुल्क लिने गरेको समेत खुलेको छ ।
पक्राउ परेका ६ जनामाथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar